ट्र्याक्टर दुर्घटनामा एक वृद्धाको मृत्यु

पर्सा । पर्साको पर्सागढी नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा परेर एक वृद्धाको मृत्यु भएको छ ।
पर्सागढीबाट आउँदै गरेको प्रदेश २-०३-००१ त ५५५४ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार पर्साको जिराभवानी गाउँपालिका-४ बस्ने ७० वर्षीया केशरजिया देवी थरूनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पर्सागढी नगरपालिका-३ मा रहेको आमोदेवी मन्दिरमा लागेको मेला हेरेर घर फर्किने क्रममा गएराति ११ बजे पर्सागढी नगरपालिका-२ बरवाछोटैली गाउँ नजिकै ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button