आज दुई पटक काल बेला परेको छ, राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८० पुस १४ गते शनिबार, इस्वीसंवत डिसेम्वर ३० तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको चतुर्थी तिथि अहोरात्र रहनेछ । नक्षत्रमा अश्लेषा अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा वैधृति ५० घटि ५१ पलासम्म त्यसपछि प्रीति लाग्नेछ । करणमा बब अहोरात्र रहनेछ । आनन्दादि योगमा मानस रहनेछ ।

सूर्य धनु राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान २५ घटि ५३ पला अर्थात १० घण्टा २४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५५ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ८ः१९ बजे र अस्ताउने समय भोलि बिहानमा ०९ः२७ बजे रहेको छ ।

आजको राशिफल

मेषः आज समय शुभ छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । नतिजा तपाईको साथमा छ । आतिथ्यपूर्ण सम्मान पाउन सकिनेछ । यात्राका लागि राम्रो समय छ । खेलकुदमा संलग्न भइनेछ । अवसरका लागि ठूलै प्रयत्न र लगानी गर्नुपर्ने समय छ । प्रतिस्पर्धी परास्त होलान् । प्रशस्तै फाइदा उठाउन सकिनेछ । उपचारमा खर्च हुने योग छ । तपाईंको व्यक्तित्वप्रति आकर्षण बढ्नेछ ।

वृषः आज पनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । खेलकुदमा संलग्न भइनेछ । व्यावसायिक यात्रा तथा भ्रमणको योग छ । शुभ समाचार प्राप्त हुने योग छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साँझपख कलहको योग छ । दुविधा बढ्नाले सही निर्णय लिन सकिनेछैन ।

मिथुनः आज पनि प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । अनावश्यक शंका हुने र आत्मीय सम्बन्धमा कमी आउने योग छ । नचाहेर पनि खेलकुदमा संलग्न हुनु पर्नेछ । पढाई लेखाइमा त्यत्ति ध्यान दिन नसकिएला । प्रशस्त धन आर्जन र सञ्चय समेत गर्ने मौका गुम्नेछ । अस्वस्थताका कारण कामको दायित्व पूरा अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ ।

कर्कटः आज पनि समय ठीक छैन । व्यावसायिक काममा खर्च बढ्नेछ । विगतका समस्या बल्झिन पनि सक्छन् । दुविधा बढ्नाले सही निर्णय लिन नसकिएला । ठूलावडाले सहयोग गर्नेछन् । प्रतिष्ठित काम गर्ने मौका गुम्ने देखिन्छछ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । समयमा काम पूरा नहुनाले अवसर गुमाउनुपर्ला । माया प्रेमको लागि रमाइलो छ ।

सिंहः आज पनि समय राम्रो छैन । निर्णायक क्षमतामा कमी आउनेछैन । ठूलाबडाले सहयोग गर्नेछन् । माया प्रेमको लागि समय रमाइलो छ । विगतका समस्या समाधान हुनेछन् । कुरा काट्नेहरुको मुख बन्द हुनेछ । आफू भन्दा ठूलाको सल्लाह पाइनेछ । बोलीकै भरमा पनि काम सम्पादन हुनेछन् । मन डराउने देखिन्छ । तपाईको लागि एकदम राम्रो समय रहेको देखिन्छ ।

कन्याः आज समय राम्रो छैन । विगतका समस्या बल्झिन सक्छन् । निर्णय गलत ठाउँमा पर्नाले फाइदा अरूलाई हुनेछ । सरकारी काममा झमेला आइलाग्ने छ । काममा निराशा छाउनेछ । रचनात्मक काम सुरु गर्ने मौका गुम्ने देखिछ । हातमा आएको प्रतिफल गुम्न सक्छ । स्वास्थ्यमा भने सुधार हुने देखिन्छ । टाढाको यात्रा शुभ छैन ।

तुलाः आज पनि समय अत्यन्तै राम्रो छ । भाग्यस्थानको चन्द्रमाका कारण तपाईंको व्यक्तित्वप्रति आकर्षण बढ्नेछ । प्रेम, रतिराग तथा पारिवारिक स्थितिमा सुधार आउने छ । आजको दिन तपाईको लागि महत्वपूर्ण रहेको छ । खेलकुद कार्यमा संलग्न भइनेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय तथा दिन बित्ने छ । टाढाको यात्रा फलदायी बित्ने योग छ ।

वृश्चिकः आज पनि समय अत्यन्तै खराब छ । छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन्। अध्ययनमा सामान्य उपलब्धि हुनेछ । काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला । प्राविधिक ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । चिताएको काम पूर्ण नभए पनि फाइदाको स्रोत पहिल्याउन केही समय लाग्ने देखिन्छ ।

धनुः आज पनि स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तपाइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।

मकरः आज पनि स्वास्थ्य सबल रहनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । सुमधुर दाम्पत्यले मन प्रफुल्लित हुनेछ ।

कुम्भः आज पनि समय खराब छ, स्वास्थ्यमा समस्या आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । साँझपख आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । आफ्नाबाट भने कारोबार नगर्नुहोला । केही खर्च लागे पनि यात्रा भने पलदायी हुने देखिन्छ ।

मीनः आज पनि समय मध्यम खालको छ । कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ । व्यापारमा घाटा लाग्ने योग रहेको छ भने व्यापारको सिलसिलामा गरिने यात्रा निरर्थक हुनेछ । सवारी साधन तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । आत्मबल तथा सम्भाव्यता गुमाउँदा आफैलाई घाटा लाग्न सक्छ ।

साइतः सूर्य धनु राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण र पूर्वतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ०६ः५२ बजेदेखि ८ः१० बजेसम्म काल बेला
बिहान ८ः१० बजेदेखि ९ः२८ बजेसम्म शुभ बेला
बिहान ९ः२८ बजेदेखि १०ः४६ बजेसम्म रोग बेला
बिहान १०ः४६ बजेदेखि १२ः०४ बजेसम्म उद्धेग बेला
बिहान १२ः०४ बजेदेखि १ः२२ बजेसम्म चर बेला
दिनमा १ः२२ बजेदेखि २ः४० बजेसम्म लाभ बेला
दिनमा २ः४० बजेदेखि ३ः५८ बजेसम्म अमृत बेला
दिनमा ३ः५८ बजेदेखि ५ः१६ बजेसम्म काल बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः१६ बजेदेखि ६ः५८ बजेसम्म शुभ बेला
साँझ ६ः५८ बजेदेखि ८ः४० बजेसम्म रोग बेला
राति ८ः४० बजेदेखि १०ः२२ बजेसम्म उद्धेग बेला
राति १०ः२२ बजेदेखि १२ः०४ बजेसम्म चर बेला
राति १२ः०४ बजेदेखि १ः४६ बजेसम्म लाभ बेला
राति १ः४६ बजेदेखि ३ः२८ बजेसम्म अमृत बेला
रातिमा ३ः२८ बजेदेखि ५ः१० बजेसम्म काल बेला
बिहानमा ५ः१० बजेदेखि ६ः५२ बजेसम्म शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट ः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button