सुनको मूल्य घट्यो

पोखरा । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको हाे ।

महासंघले आजको मूल्यसूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा सुनको २ सय रुपैयाँ मूल्य घटेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५ सय रुपैयाँ छ । जुन, गत साताको शुक्रबार तोलामा १ लाख २० हजार ७ सय रुपैयाँ थियो ।

यस्तै, गत साता १ लाख २० हजार १ सय रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज १ लाख १९ हजार ९ सय रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ । यो गत साताको शुक्रबारको मूल्य हो । महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button