नेप्से परिसूचकमा ३० अङ्कको गिरावट

पोखरा । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३० दशमलव ०५ अङ्कले घटेर दुई हजार ३० दशमलव १० को बिन्दुमा कायम भएको हो ।

आज तीन सय पाँच कम्पनीको एक करोड ११ लाख ८५ हजार सात सय १२ कित्ता शेयर ८५ हजार चार सय ३५ पटक खरिद-बिक्री हुँदा रू चार अर्ब चार करोड ४६ लाख ५९ हजार नौ सय २२ बराबरको कारोबार भएको छ ।

सबै समूहका उपसूचक रातो देखिएका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह तीन दशमलव २१ र जीवन बीमा समूह दुई दशमलव ९९ प्रतिशतले घटेका छन् ।

चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ, भने हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १६ करोड ११ लाख सात हजार नौ सय ५६ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको चार लाख १७ हजार ८८ कित्ता शेयर किनबेच भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button