गण्डकीमा बक्सिङ संघ गठन, संयोजकमा मर्सानी

पोखरा । गण्डकी प्रदेश बक्सिङ संघ गठन भएको छ । प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार संघ गठन भएको हो ।

संघको संयोजकमा विद्याप्रसाद मर्सानी, सह-संयोजकमा खगेन्द्र क्षेत्री चयन भएका छन् । संयोजक मर्सानी बक्सिङका पूर्व मुख्य प्रशिक्षकसमेत हुन् भने सह-सयोजक क्षेत्री परिषदका सदस्य हुन् ।

समितिको सदस्यहरुमा शनी केसी, मीन बहादुर भण्डारी, पहल सिंह थापा, पुजन शाक्य, ऋषिसरा थापा, सुविन गुरुङ र दलबहादुर राना छन् ।

भेलामा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा, बक्सिङका अन्तर्राष्ट्रिय खेलाडी एवं पर्यटन व्यवसायी गणेश बहादुर भट्टराई, नेपाल बक्सिङ संघका सदस्य राजेन्द्र पहारी लगायतले प्रदेशका ११ वटै जिल्लामा बक्सिङ खेलको विकास गर्न र अन्तर जिल्ला प्रतिस्पर्धा आवश्यक रहेको बताएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button