पोखराको डिज्नील्याण्ड एकेडेमीमा खेलकुद सप्ताह

पोखरा । पोखरा महामनगरपालिका वडा नं. ७ मासबारस्थित डिज्नील्याण्ड एकेडेमीमा सप्ताहव्यापी खेलकुदका कार्यक्रम सम्पन्न भएको छ ।

माघ ७ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वेश्वर पराजुलीले कार्यक्रमको उद्घाटन गरेका थिए भने सह प्राचार्य दिपक पोख्रेलले शुभकामना व्यक्त गरेका थिए ।

सदनात्मक तथा खुला प्रतिस्पर्धात्मक विभिन्न खेलकुदहरूमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्म विविध आठ ओटा प्रतिस्पर्धात्मक खेलहरू समापन गरिएको विद्यालयका प्रि-स्कुल इन्चार्ज शुष्मा थापाले जानकारी गराएकी छन् ।

यसैगरी कक्षा ४ देखि ९ सम्मका विद्यार्थीका लागि एथ्लेटिक्स तर्फ अन्तरसदनात्मक १०० मिटर, २०० मिटर दौड र ४०० मिटर रिले दौड तथा अन्तर सदनात्मक छात्रछात्रा फुटबल, व्याडमिन्टन, टेबलटेनिस, युनी हक्की, बुद्धिचाल, रस्साकस्सी, स्कोर दि डिज्नी गोललगायत थुप्रै कार्यक्रमहरू आयोजना गरिएको विद्यालयका अतिरिक्त विभाग प्रमुख प्रेम गिरीले जानकारी दिए ।

खेलकुदको समापनमा विद्यालयका प्राचार्य नरेशप्रसाद बरालले खेलकुदका कार्यक्रमले विद्यार्थीको समग्र विकासमा टेवा पु¥याउने र विद्यालयले खेलकुद विकासका लागि कुनै पनि कसुर बाँकी नराख्ने बताए ।

विजेता खेलाडीहरूलाई विशेष कार्यक्रम गरी यहि माघ १९ गते शुक्रबार पुरस्कार वितरण गरिने विद्यालयका निर्देशक मित्रबन्धु बरालले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button