आहा रारा पोखरा गोल्डकप : आज संकटासँग आर्मी भिड्दै

पोखरा । पोखरामा जारी तेइसौँ आहारारा पोखरा गोल्डकप फुटवल प्रतियोगितामा आज आइतबार साविक विजेता संकटा एफसी र विभागीय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

आजको खेल सेमिफाइनल प्रवेशका लागि यी दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ । यस प्रतियोगितामा संकटाले गत वर्ष उपाधि जितेको थियो भने आर्मी ४ पटक फाइनल पुगेर पनि उपाधि विमुख छ ।

प्रतियोगिता अन्तर्गत प्रिक्वाटरफाइनलमा आर्मीले राइजिङस्टार फुटवल क्लवलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो भने संकटा सिधै क्वाटरफाइनल खेल्न पाएको हो ।

शनिबार भएको खेलमा थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली भुटानको पारो फुटवल क्लवलाई अतिरिक्त समयको अन्तिम ६ मिनेटमा दुई गोल गर्दै थ्रीस्टारले सेमिफाइनलको यात्रा तय गरेको हो । दुवै गोल थ्रीस्टारका अनिष चापागाईं एक्लैले गरेका थिए ।

प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने सहारा क्लबले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button