काठमाडौँ । नेपाल-क्यानडा त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेल जारी छ ।
खेल आज बिहान ९ बजे सुरु भएको हो । खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ ।
खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी छ । क्यानडा टस हारेर ब्याटिङमा उत्रिएको छ । नेपालले यसअघि नै दुई खेलमा जित निकाल्दै क्यानडासँगको शृङ्खलामा २-० सिरिज हात पारिसकेको छ ।
घरेलु मैदान कीर्तिपुरमा नेपालले दुई खेलमा क्यानडालाई हराउँदै तीन खेलको शृङ्खलामा पोल्टामा पारिसकेको छ ।
पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको थियो । नेपाललाई जिताउन कप्तान रोहित पौडेल एक्लैले ४ विकेट लिएका थिए ।
२ सय २५ रनको चुनौती लिएर मैदानमा उत्रिएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुँदै २१७ रन बनाएको थियो ।
दोस्रो खेल नेपालले ४ विकेटले जितेको हो । २ सय ८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै पूरा गरेको थियो।
सो खेलमा नेपालको जितमा कप्तान रोहितकुमार पौडेल र देव खनालले एक सय ५० रनको साझेदारी गरेका थिए ।
त्रिवि क्रिकेट मैदानमा दुई सय ८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । तीन ब्याटर ओपनर अनिल साह, कप्तान रोहित र देवले अर्धशतक बनाउँदा नेपालले सहज जित निकालेको थियो ।
लिग-२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो। नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution