अन्तिम खेलमा नेपाल ए पराजित

पोखरा । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ए क्यानडा-११ सँग ४ विकेटले पराजित भएको छ । योसँगै क्यानडाले ३ म्याचको सिरिज २-१ ले जितेको छ ।

सिरिज जित्न नेपाल एले दिएको १ सय ८२ रनको लक्ष्य क्यानडाले निकोलस किर्तोनको अर्धशतकको मदतमा ३८.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६.६ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनाएको छ ।

अर्जुन कुमाल र आशुतोष घिरैयाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौं बलमा घिरैया २८ रन बनाएर आउट भए । त्यसपछि नेपालले ठूलो साझेदारी गर्न सकेन ।

अर्जुन कुमाल २७ रनमा आउट भए भने बसिर अहमदले २४ र सन्दीप जोराले २४ रन बनाए ।

सुजन थपलियाले २० रन बनाउँदा रासिद खान र प्रतिश जीसी समान १९/१९ रनमा आउट भए । क्यानडाका निकोलस किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २/२ विकेट लिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button