पत्रकार सुदर्शन रन्जितद्वारा आर्थिक सहयाेग

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार, पोखराका अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई अक्षकोष सञ्चालनका लागि रकम हस्तान्तरण गरेका छन् ।

पोखरा-९ पृथ्वीचोकस्थित सहारा बाल आधारभूत विद्यालयको २७औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रमबीच २५ हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्तरण गरेका हुन् ।

रञ्जितले हालै एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा स्पेसल अवार्डसहित प्राप्त गरेको ५० हजार नगदसहितको पुरस्कारबाट प्राप्त रकममध्येबाट मञ्चले सञ्चालन गर्न लागेको अक्षकोषमा जम्मा हुने गरी उक्त रकम हस्तान्तरण गरेका हुन् ।

मञ्च गण्डकीले आगामी १ वर्ष भित्रमा १० लाख अक्षयकोष पुर्याउने अध्यक्ष बरालले बताउँदै आएका छन् । अध्यक्ष बरालले यसअघि उक्त कोषमा १० हजार सहयोग गर्दै अक्षकोषको सुरुवात गरेका थिए ।

रकम हस्तान्तरण कार्यक्रममा पूर्वअध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी पौडेल र सदस्य रोहितराज पराजुलीको उपस्थिति थियो ।

रञ्जितले सोही पुरस्कारमध्ये केही रकम थप गरी सहारा आधारभूत प्रावि पृथ्वीचोकलाई ३० हजार बराबरको सहयोग गरेका छन् ।

रञ्जितले  उक्त रकम विद्यालयका अध्यक्ष विक्रम थकाली र प्रधानाध्यापक लोचना अधिकारीलाई हस्तान्तरण गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button