सुनचाँदीको भाउ आज कति ?

पोखरा । आज सुनको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तय गर्दै सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने गिरावट आएको जनाएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ७ सय ५० रुपैयाँ कायम छ ।

हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । महासंघले हिजो सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको थियो ।

सुनको मूल्य स्थिर भए पनि चाँदीको मूल्य भने घटेको छ । आज १५ घटेसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ छ । हिजो चाँदीको मूल्य तोलामा १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button