लेखनाथ । रोटरी क्लब अफ लेखनाथले पोखरा-२७ स्थित कल्याण आधारभूत विद्यालयमा आर्थिक र शैक्षिक सामग्री सहयोग गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीको दिवा खाजाका लागि उक्त सहयोग गरिएको हो ।
दिवा खाजा कार्यक्रम लागु गरेपछि विद्यार्थीमा विद्यालय आउने वानीको विकास भएकाले खाजाका लागि आर्थिक सहयोग गरिएको क्लब अध्यक्ष रामप्रसाद आचार्यले जानकारी दिए ।
भविष्यमा पनि यस कार्यक्रमलाई निरन्तरता दिनेगरी हाललाई रु २५ हजार बराबरका सामग्री सहयोग गरिएको उनले बताए ।
पोखरा २७ की वडासदस्य लक्ष्मी विकको उपस्थितिमा क्लबका आचार्य र सहसचिव शिवराज पण्डितलगायतले विद्यालय व्यवस्थापन समितिका सदस्य नरबहादुर कुमाल र प्रधानाध्यापक सरस्वती भण्डारीलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution