लामाचौरस्थित ईन्द्रराज्यल्क्ष्मी माविमा वार्षिक खेलकुद र पुरस्कार वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ लामाचौरस्थित ईन्द्रराज्यलक्ष्मी माविमा वार्षिक खेलकुद कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

वार्षिक खेलकुद कार्यक्रमअन्तर्गत आधारभूत तहमा तातो आलु, बेलुन फुटाई, मेमोरी खेल, फुटबल, कुर्सी दौड, चम्चा दौड भएको थियो ।
यसैगरी मावि तहमा अन्तर सदनात्मक फुटबल, भलिबल, २ सय र ४ सय मिटर दौड, कुर्सी दौड, टेवलटेनिस , रस्साकस्सी लगायतका खेल भएका थिए ।

विजयी विद्यार्थीलाई शिक्षक-अभिभावक संघ अध्यक्ष राजकुमार क्षेत्री, प्रधानाध्यापक केशव प्रसाद अम्गाई, सहायक प्रधानाध्यापकद्वय पूर्णभद्र अधिकारी र बलबहादुर श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति सदस्य निर्मल थापा, भुवन भट्टराई र खेलकुद समिति संयोजक विशाल नेपाली, प्रावि इन्चार्ज सिर्जना थापा, खेलकुद समिति सदस्य ईन्दु खनाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

सो अवसरमा क्षेत्रीले खेलकुदका माध्यमबाट विद्यार्थीको चौतर्फी विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

शिक्षक-अभिभावक संघ अध्यक्ष क्षेत्री अध्यक्षमा भएकाे कार्यक्रममा विशाल नेपालीले स्वागत, अतिरिक्त क्रियाकलाप संयोजक गीता शर्माले सञ्चालन र खेलकुद समिति सदस्य सन्तोष आचार्यले सहजीकण गरेको विद्यालयका सूचना अधिकारी सीता पौडेलले जानकारी दिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button