लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कास्कीको नयाँ नेतृत्व चयन असफल

पोखरा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कास्कीको नयाँ नेतृत्व चयन प्रक्रिया स्थगित भएको छ ।

अधिवेशनको उद्घाटनसत्र सम्पन्न भएर नयाँ नृतत्व चयन प्रक्रिया अघि बढाउनेक्रममा गणपुरक संख्या नपुगेपछि तत्कालका लागि स्थगित गरिएको निर्वाचन समिति संयोजक बैकुण्ठराज पराजुलीले जानकारी दिए ।

संयोजक पराजुलीले भने, ‘अधिवेशनका लागि कम्तीमा ५१ प्रतिशत अर्थात् २ सय ३८ जनाको उपस्थिति भएमा कोरम पुगेको मानिन्छ । गणपुरक संख्या नपुगेपछि नयाँ नेतृत्व चयन प्रक्रिया हाललाई स्थगित गरेका छौं ।’ नयाँ नेतृत्व नआउँदासम्म तदर्थ समितिले नै काम गर्ने उनले बताए ।

महासंघको नयाँ नेतृत्वका लागि आशबहादुर गुरुङ, खेमबहादुर गुरुङ र कमलबहादुर गुरुङले उम्मेद्वारी दर्ता गराएका छन् ।

२ उपाध्यक्षका लागि रुपेश गुरुङ, चिनु गुरुङ, नरबहादुर घर्ती भुजेल, चन्द्रप्रकाश थापामगर र राजु गुरुङले उम्मेद्वारी दिएका छन् ।

यसैगरी २ सचिवका लागि रीता गुरुङ र देबबहादुर आलेले उम्मेद्वारी दिएका छन् । उनीहरु निर्विरोध भएका छन् ।

२ सहसचिव पदमा भीमकुमारी गुरुङ, बुद्धिबहादुर गुरुङ, ईश्वरी गुरुङ, संगीता राईभाट गुरुङ, नेत्रबहादुर तामाङ र कविता गुरुङले उम्मेद्वारी दिएका छन् ।

कार्यसमिति सदस्यमा ज्योती थापामगर, बुद्धिमान गुरुङ, गनबहादुर गुरुङ, भीमकुमारी आले, गणेश श्रेष्ठ, प्रेमबहादुर गुरुङ, युनिष तामाङ, दिपकबहादुर थापा, धनबहादुर गुरुङ, दिप्पल गुरुङ, प्रसाद गुरुङ, प्रोतन कुम्भकार, रवीन कायस्थ र सीताकुमारी गुरुङले उम्मेद्वारी दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button