पोखरा । पोखरास्थित लिटिल स्टेप माविले सामाजिक अध्ययन एवं विज्ञान प्रदर्शनीमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।
गत माघ १६ गते विद्यालयको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका दिन सो कार्यक्रम भएको थियो ।
प्रदर्शनीमा प्राथमिक तहतर्फ प्रथम हुनेलाई २ हजार ५ सय, द्वितीयलाई २ हजार र तृतीयलाई १ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ ।
यसैगरी आधारभूत तहतर्फ प्रथम हुनेले ५ हजार ५ सय, द्वितीयले ५ हजार र तृतीयले ४ हजार ५ सय रुपैयाँ नगद पुरस्का प्रााप्त गरेका छन् भने मावि तहतर्फ प्रथमले ७ हजार, द्वितीयले ६ हजार ५ सय र तृतीयले ६ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
पोखरा लिङ्कन इन्टरनेसनल कलेज एवं लिटिल स्टेप माविका संस्थापक, व्यवस्थापन समिति पूर्वअध्यक्ष शेरबहादुर गुरूङ र संस्थापक प्राचार्य पम्फा गुरुङले विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए ।
सो अवसरमा प्रचार्य गुरुङले आगामी दिनमा पनि यस्तै प्राविधिक, कलात्मक एवं सिर्जनात्मक निर्माण गतिविधिमा लाग्न आग्रह गरिन् ।
कार्यक्रममा सिएओ अनिलकुमार अर्याल, मावि संयोजक विनोद गिरी लगायत सहभागी थिए ।
यस्तै विद्यालयम स्काउट गठनसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । नेपाल स्काउट गण्डकी प्रदेशबाट आमन्त्रित प्रदेश प्रमुख सागर पौडेलले विद्यालयमा कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीलाई स्काउटको महत्वमाथि प्रकाश पारेका थिए ।
अभिभावक एवं विद्यार्थीको रुचिअनुसार नयाँ शैक्षिक सत्र २०८१ देखि विद्यालयमा स्काउट गठन गर्न आवश्यक आन्तरिक गृहकार्य भइरहेको विद्यालयले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution