पोखराको स्टेप वाई स्टेप माविमा शैक्षिक प्रदर्शनी, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम

पोखरा । पोखराको मासबारस्थित स्टेप वाई स्टेप माविमा शैक्षिक प्रदर्शनी, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा विभिन्न खेलकुद, अतिरिक्त क्रियाकलाप र परीक्षमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको भने विद्यार्थीले गीत, नृत्य, कविता, हास्यव्यंग्य प्रस्तुत गरेका थिए ।
यस्तै, कक्षा २ देखि १२ सम्मका विद्यार्थीले तयार पारिएका विभिन्न शैक्षिक सामग्रीहरू प्रदर्शनसमेत गरिएको थियो ।

विद्यार्थीले पुस्तकमा पढेका ज्ञानलाई व्यवहारमा उतार्न सकुन् भनी विद्यालयले शैक्षिक प्रदर्शनी गरेको थियो । सो अवसरमा विज्ञान, सामाजिक शिक्षा, भाषा, गणित र कलाका २ सय बढी सामग्री प्रदर्शन गरिएको थियो ।

विद्यार्थीले रोवर्ट, केवलकार, सोलार सिस्टम, हाइड्रोपावर, इकोसिस्टम, विभिन्न किसिमका घर, हिमाल, पहाड, विभिन्न साधारण मेसिनहरू बनाएका थिए ।

कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी रमेश पौडेल, समाजसेवी टेकनाथ आचार्य, विद्यालय व्यवस्थापन समिति सदस्य रामचन्द्र उपाध्याय, समाजसेवी गोपाल बराल, नारायण बराल, रविराज बरालले विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले घर पहिलो विद्यालय र अभिभावक पहिलो गुरु भएको बताए । उनले सचेत, जागरुक र असल अभिभावक भएमा मात्र विद्यार्थी असल र जेहेन्दार हुने स्पष्ट पारे ।

विद्यार्थीलाई जिज्ञासु, लगनशील, जेहेन्दार र सक्षम बनाउन शिक्षक र विद्यालयको ठूलो भूमिका रहने उनले बताए ।

कार्यक्रममा पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्यले स्टेप वाई स्टेप मावि वडाकै नमूना संस्थागत विद्यालय भएको भन्दै वडाको शैक्षिक तथा अन्य सामाजिक विकासमा पनि सहयोग पुर्‍याएकामा खुसी व्यक्त गरे ।

विद्यालयका संस्थापक तथा प्रधानाध्यापक निर्मला बरालले गुणस्तरीय शिक्षा प्रदान गरी सक्षम र योग्य नागरिक निर्माणमा आपूmहरूले कुनै कसर बाँकी नराखेको बताइन् ।

विद्यालयले भौतिक सुविधा, खेलकुद, अतिरिक्त क्रियाकलाप, सङ्गीत, नृत्य, कला आदि प्रदान गरी विद्यार्थीको सर्वाङ्गीण उन्नतिमा जोड दिएको स्पष्ट पारिन् ।

विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले गुणस्तरीय शिक्षा मूल उद्देश्य रहेको र विद्यालय यसैमा समर्पित रहिरहेको बताए ।

विद्यालयका सहायक प्रधानाध्यापक दीपक गिरी, विद्यार्थीहरू राशिका श्रेष्ठ र अस्मिता मगरले पनि कार्यक्रममा बोलेका थिए ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक दीपक गिरीलाई सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमाकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्लसटू संयोजक रघुनाथ वाग्लेले गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button