एनएमबि बैंकद्वारा जीईएसआई योजना सार्वजनिक

काठमाडौँ । एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्द्धन गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण (जीईएसआई) योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको उक्त नीतिले समाजमा विविधता प्रवर्द्धन, सीमान्तकृत समुदायलाई सशक्तीकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोत्साहन गरेको छ ।

जीईएसआईले समग्र बैंकिङ्ग प्रणालीलगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकता पूरा गर्दै पहुँच योग्य, समावेशी र उत्तरदायी बैंकिङ्ग वातावरण सिर्जना गर्न मद्दत पुर्याउने विषयमा विश्वस्त रहेको बैंकले जनाएको छ ।

बैंकले लैङ्गिक समता र सामाजिक समावेशीकरण (जीईएसआई) योजना कार्यान्वयन गर्दै महाराजगन्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगञ्जस्थित शाखामा फरक ढङ्गले सक्षम ग्राहकलाई ह्वीलचेयर र्याम्प स्थापना गरेको छ ।

साथै, महिला नेतृत्व विकास गर्न देशभर महिला नेतृत्व कार्यक्रमसमेत शुरुआत गरिसकेको छ । महिला उद्यमीलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधासहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ ।

बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेकोछ ।

बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथीभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाता चल्तिमा ल्याइसकेको जनाएको छ ।

हाल देशभरि २०१ शाखा, १८३ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button