आज शिवको प्रिय दिन, दुई पटक अमृत बेला परेको छ, राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८० फागुन २८ गते सोमबार, इस्वीसंवत मार्च ११ तारिक सन् २०२४, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फागुनशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फागुनशुक्लपक्षको प्रतिपदा तिथि दिनमा १ः०३ बजेसम्म त्यसपछि द्धित्तीया तिथि लाग्नेछ । नक्षत्रमा उत्तरभाद्रपदा रातिमा २ः०३ बजेसम्म त्यसपछि रेवती नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शुभ अहोरात्र रहनेछ । करणमा बालब अहोरात्र रहनेछ । आनन्दादि योगमा गद रहनेछ ।

सूर्य कुम्भ राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान २९ घटि ३५ पला अर्थात ११ घण्टा ५३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः२० बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः१० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने बिहानमा ६ः५३ बजे र अस्ताउने समय साँझमा ७ः२१ बजे रहेको छ ।

आजको राशिफल :

मेष : आज आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नयाँ पेशाको थालनीका लागि पनि आज राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ ।

वृष : आज पनि समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ-नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासँग गाँसिएका काममा लगानी हुन सक्नेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला ।

मिथुन : आज पनि समय मध्यम खालको छ । स्वास्थ्य राम्रो रहने छैन । जति राम्रो काम गर्नुहोस्, आफैंलाई सन्तुष्टि नमिल्ने देखिन्छ । आज टाढाको यात्रा गर्नु पनि उचित छैन । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्ने छ । समय केही शुभ भएता पनि पूर्व दिशाको यात्रा नगर्नुहोला ।

कर्कट : आज पनि समय खराब रहनेछ । आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दुःख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।

सिंह : आज पनि समय शुभ छैन । मानसिक चिन्ता बढ्नेछ । तिरस्कार, हिनतावोध, आफ्ना आश्रित कर्मचारी, छोरा–छोरीबाट धोका खानु पर्नेछ । नाता पर्ने व्यक्तिबाट असहयोगको सामना गर्नुपर्नेछ । आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ । अनावश्यक रुपमा शत्रु बढ्ने हुनाले कसैसंग वादविवादमा लाग्नु पनि ठीक हुनेछैन ।

कन्या : आज पनि समय राम्रै छ । उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । पुराना इष्टमित्र एक्कासी भेट होलान् । आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ । समग्रमा समय शुभ छ ।

तुला : आज स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्ने, व्यापार-व्यवसायमा लाभ, प्रेमप्रसंग सुमधुर तथा पति-पत्नीको रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ भने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल भइनेछ । समय शुभ समय रहेकाले धार्मिक कार्यमा लगानी हुन सक्नेछ ।

वृश्चिक : आज स्वास्थ्य एक्कासी बिग्रने अवस्था आइपर्नेछ । चिसोले दुःख दिन सक्नेछ । मानसिक अशान्ति, कार्यमा बिघ्नबाधा, खानामा गडबढी हुन सक्नेछ । यात्रामा संकट पर्न सक्ने भएकाले आज पूर्व दिशाको पात्रा नगर्नुहोला । आँखा वा शरीरको कुनैैै पनि भागमा दुख्ने वा चोट लाग्ने बलियो सम्भावना छ ।

धनु : आज समय अत्यन्तै खराब छ । आँफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानसिक असन्तुष्टिको अनुभव हुनेछ । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला आज दिउँसो ३ बजेपछि केही शुभ हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

मकर : आज पनि स्वास्थ्य राम्रो रहनेछ । स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ । समय विषेश शुभ रहेकाले धार्मिक कार्यमा लगानी गरेमा लाभ तथा पुण्य मिल्नेछ ।

कुम्भ : आज जुनसुकै काममा विघ्नबाधा ज्यादा आइलाग्ने छन् । आर्थिक कारोबार पनि भद्रगोल हुनसक्नेछ । व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, आफन्तसंँग कलह हुनसक्ने समय पनि चल्दै छ । सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ भने भोलिदेखि टाढाबाट धन प्राप्ति, धार्मिक कार्यमा मन जान सक्नेछ ।

मीन : आज आम्दानीका नयाँ-नयाँ श्रोत देखा पर्दै जानेछन् । आज जे काम गर्नुहुन्छ सुखैका साथ सम्पन्न हुनेछन् । परिवारका सदस्य, निकटतम् कर्मचारी, सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछन् । त्यसैले जे काम गर्नु छ तुरुन्तै थालनी गर्दा अत्यन्तै राम्रो हुनेछ । समय उपयुक्त छन् उपयोग गर्नुहोला ।

साइतः सूर्य कुम्भ राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण र पूर्वतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः१८ बजेदेखि     ७ः४७ बजेसम्म   अमृत बेला

बिहान ७ः४७ बजेदेखि    ९ः१६ बजेसम्म    काल बेला

बिहान ९ः१६ बजेदेखि    १०ः४५ बजेसम्म   शुभ बेला

बिहान १०ः४५ बजेदेखि    १२ः१३ बजेसम्म  रोग बेला

मध्यान्ह १२ः१३ बजेदेखि    १ः४२ बजेसम्म   उद्धेग बेला

दिनमा १ः४२ बजेदेखि    ३ः११ बजेसम्म     चर बेला

दिनमा ३ः११ बजेदेखि    ४ः४० बजेसम्म     लाभ बेला

दिनमा ४ः४० बजेदेखि    ६ः०९ बजेसम्म     अमृत बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः०९ बजेदेखि    ७ः४० बजेसम्म   काल बेला

साँझ ७ः४० बजेदेखि    ९ः११ बजेसम्म    शुभ बेला

राति ९ः११ बजेदेखि    १०ः४२ बजेसम्म    रोग बेला

राति १०ः४२ बजेदेखि    १२ः१३ बजेसम्म   उद्धेग बेला

राति १२ः१३ बजेदेखि    १ः४४ बजेसम्म    चर बेला

राति १ः४४ बजेदेखि     ३ः१५ बजेसम्म    लाभ बेला

रातिमा ३ः१५ बजेदेखि   ४ः४६ बजेसम्म   अमृत बेला

बिहानमा ४ः४६ बजेदेखि   ६ः१७ बजेसम्म  काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button