सुनको भाउ आज पनि रोकियो

पोखरा । नेपाली बजारमा सुनको भाउ लगातार दोस्रो दिन पनि स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ एक लाख २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको एक लाख २५ हजार चार सय रुपैयाँ कायम छ ।

यसअघि आइतबार र सोमबार पनि सुनको सोही मूल्यमा खरिदबिक्री भएको थियो । आइतबार पहिलो पटक सबैभन्दा बढी तोलामा १ लाख २६ हजारमा सुन बिक्री भएको थियो ।

मंगलबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १ हजार चार सय ८५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १ हजार चार सय ७५ रुपैयाँ रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button