सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

पोखरा । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर कारोबार सुरु भएको छ ।

मूल्य घटेसँगै आज छापावाल सुन तोलामा १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँ कायम छ ।

गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ८ सय रुपैयाँमा कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदीको मूल्य तोलामा १ हजार ५ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button