बागलुङमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु, २४ जना घाइते

पोखरा । बागलुङमा आज साँझ ५ बजे यात्रुबाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र चार महिला छन् ।

सो दुर्घटनामा २४ जना घाइते भएका छन् । जसमा केहीको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका लागि इलाका स्वास्थ्य चौकी बुर्तिवाङ लगिएको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिए ।

रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेशको ०१-००६-ख-३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका वडा नं. ६ जाउलेपानीमा दुर्घटना भएको हो ।

गाउँपालिका अध्यक्ष घर्तीका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ । उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button