पोखरा । पोखरास्थित सुजल डेरीले ‘सफल हेप्पी काउ मिल्क’ बजारमा ल्याएको छ । उपभोक्ताको मागलाई मध्यनजर गर्दै कम्पनीले सफल हेप्पी काउ मिल्क बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार सफल हेप्पी काउ मिल्क गाईको दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरिएको हो ।
गाईको दूधको प्राकृतिक सुगन्ध, स्वाद र पौष्टिकतालाई ध्यान दिई सावधानीपूर्वक अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुुसार सफल सफल हेप्पी काउ मिल्क क्रिमयुक्त छ । स्वस्थता र स्वादिष्टता सुनिश्चित गरी प्रत्येक थोपामा ताजापनको अनुभव प्रदान गर्दै शुद्धता र गुणस्तरको प्रमाण दिने दाबी कम्पनीको छ ।
न्यूनतम ३दशमलव ५ प्रतिशत फ्याट र न्यूनतम ७दशमलव ५ प्रतिशत एसएनफ हुने ‘सफल हेप्पी काउ मिल्क’ सजिलै पचाउन सकिन्छ । सफल हेप्पी काउ मिल्कमा एसएनएफ र फ्याटको पूरै सन्तुलन मिलाइएको हुन्छ । जसकारण स्वादिलो, क्रिमयुक्त र स्वास्थ्यवर्द्धक छ ।
दूधमा शरीरलाई चाहिने क्याल्सियम, प्रोटिन र भिटामिन र मिनिरल पूर्णरुपमा पाइन्छ । जसले गर्दा पौष्टिकता पाउनुको साथ साथै शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
कम्पनीका धार्मिक कार्यमा समेत यो दूध प्रयोग गर्न सकिन्छ । सफल हेप्पी काउ मिल्क आधा लिटर पाउँचको अधिकतम बिक्री मूल्य ६० रुपैयाँ तोकिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution