हुम्ला । हुम्लाको दक्षिण भेगको अदानचुली गाउँपालिका-४ मा भएको जिप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ ।
धुलाचौरबाट आउँदै गरेको सु प प ००१ ज ११८३ नम्बरको बोलेरो जीप शनिबार दिउँसो पाम्स मोडमा दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा अदानचुली गाउँपालिका-५ करगाइ गाउँका अन्जादी ३९ वर्षिया फागुने लुवार र सोही वडा बारिगाउँ गाउँका १३ वर्षिया प्रवेश ऐडी छन् । दुवै जना भारतमा घर फर्कने क्रममा थिए ।
साथै घाइते हुनेमा चालक जनक ठगुन्ना, सवारीधनी धनबहादुर महतारा, बारिगाउँका ४५ वर्षिया रामबहादुर ऐडी, अदानचुली-५ का ५७ वर्षका कुल टमटा, बल बोहोरा, चैती बोहोरा, खगेन्द्र टमटा छन् ।
घाइतेको हाल श्रीनगर स्वास्थ्यचौकीमा प्रथामिक उपचार भइरहेको छ । गम्भीर घाइते चालक ठगुन्ना र सवारी धनी महतारालाई थप उपचारका हेलिकप्टरमार्फत अन्यत्र लैजान पहल भइरहेको जनाइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution