सर्वस्वसहित २० वर्ष कैद सजाय पाएकी कार्की पोखराबाट पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय बागलुङले कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादीलाई १२ वर्षपछि पोखराबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निसीखोला गाउँपालिका वडा नं. १ की ४७ वर्षीया अनिला भन्ने हरिकला कार्की रहेकी छन् ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरी टोलीले कार्कीलाई चैत ९ गते पोखरा-२९ शिशुवाबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी कार्कीलाई आज जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए ।

बागलुङ जिल्ला अदालतले २०६९ भदौ ५ गते कर्तव्य ज्यान कसूर मुद्दामा कार्कीबिरुद्ध सर्वस्वसहित १९ वर्ष ११ महिना ६ दिन कैद सजायको फैसला सुनाएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button