आज विश्व रंगमञ्च दिवस

पाेखरा । आज विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् १९६१ मा अन्तर्राष्ट्रिय रंगमञ्च इन्ष्टिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ तारिखमा विश्व रंगमञ्च दिवस मनाइन्छ ।

सन् १९६२ मा पहिलो विश्व रंगमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए ।

दिवसको अवसरमा नेपालका विभिन्न स्थानमा कार्यक्रमहरू आयोजना हुने गरेका छन् । यो दिवसलाई हरेक वर्ष रंगकर्मीहरूले नाटकमार्फत् मनाउँदै आएका छन् ।

संस्कृति, संरक्षण र शान्ति स्थायित्वलाई जोड दिँदै विकृति विसंगतिलाई हटाउन नाटकमार्फत् उत्प्रेरणा जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । नेपालमा पछिल्लो समयमा रङ्गमञ्चप्रति आकर्षण बढ्दै गएको पाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button