गण्डकी प्रदेश भलिबल संघको प्रथम साधारणसभा आज

  • पोखरा न्यूज
  • २०८० चैत्र १४
गण्डकी प्रदेश भलिबल संघको प्रथम साधारणसभा आज

पोखरा । गण्डकी प्रदेश भलिबल संघको प्रथम साधारण सभा आज हुने भएको छ ।

पोखरा रंगशालामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङको प्रमुख आतिथ्यतामा संघको प्रथम साधारणसभा हुुने संघका अध्यक्ष नवीनकुमार गुरुङले जानकारी दिए ।

उनका अनुसार बेलुका ५ बजेदेखि प्रथम साधारण सभा सुरु हुनेछ । प्रथम साधारणसभाको अवसरमा संघले पुरुष खेलाडीलाई सम्मान गर्ने कार्यतालिका रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

२०७९ असारमा स्थापना यो संघले गण्डकी प्रदेशका ११ वटै जिल्लामा समितिहरु गठन गरेको छ ।

कार्यकाल चारवर्षको रहेपनि यो समितिले प्रथम साधारण स्थापना भएको एक वर्षभित्रै गर्न लागेको हो ।

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस