काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् ।
उपाध्यक्ष अर्यालले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष आज राजीनामापत्र बुझाएकी हुन् ।
अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
उनले राजीनामा पत्रमा आफूले पदमा रहँदा इमान्दार भएर कर्तव्य निर्वाह गरेको उल्लेख गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छन् ।
अर्याल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution