सेती नदीमा डुबेर एक युवकको मृत्यु

डोटी । डोटीमा सेती नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नं–१ तिखा कहरेकुडाका १८ वर्षीय महेश खड्का रहेका छन् ।

बासुधारास्थित सेती नदीमा नुहाउने क्रममा डुबेर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

नदीमा नुहाउने क्रममा दिउसो १२ बजेर ४० को समयमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव नदीबाट निकाएको र घटनास्थलमा पुरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button