पोखरा । जिल्ला प्रहरी कार्यालय बागलुङले १४ वर्षकी नाबालिकालाई जवर्जस्ती करणी गरी फरार भएका एक युवकलाई आठ महिना पछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निसीखोला गाउँपालिका वडा नं. १ झिवाखोला निवासी ३० वर्षीय विजय मल्ल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपकबाबु केसीका अनुसार मल्ललाई चैत १३ गते साँझ रुपन्देहीको सिद्धार्थ नगरपालिका वडा नं. ८ बाट पक्राउ गरिएको हो ।
इन्स्पेक्टर केसीका अनुसार मल्लले नाबालिकालाई गत साउन ८ गते जबर्जस्ती करणी गरेका थिए । करणीबाट बालिका गर्भवती भएको बताइएको छ ।
पक्राउ परेका मल्लबिरुद्ध जबर्जस्ती करणी गर्न नहुने कसूरमा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर केसीले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution