तेह्रथुम । तेह्रथुममा मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा जिल्लाको लालीगुराँस नगरपालिका वडा नं. ५ दागपा बस्ने कालुबहादुर लिम्बुका छोरा आठ वर्षीय सुदिप लिम्ब रहेका छन् ।
शनिबार साँझ आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा मल्टीप्लग सर्ट भई करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
उनको उपचारका लागि बसन्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution