मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका–१० सादिखोरियास्थित भित्री सडकखण्डमा गए राति ट्रयाक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलाश-१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
भलटारबाट पुरानो गाउँतर्फ बिजुलीको पोल बोकी जाँदै गरेको बागमती प्रदेश०३-००१त ०४१९ नम्बरको ट्रयाक्टरको पछाडि टेलरमा सवार प्रदीपको सोही ट्रयाक्टरबाट लडेर पछाडिको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
उनका अनुसार मृतक प्रदीपको शव कानुनी प्रक्रियापश्चात परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।
प्रहरीले ट्रयाक्टर र ट्रयाक्टर चालक भीमफेदी गाउँपालिका-९ बागमारा बस्ने ३३ वर्षीय वीरमान स्याङतानलाई नियन्त्रणमा लिई घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution