पोखरा-१० स्थित लक्ष्मीनारायण मन्दिरको वार्षिकोत्सव

पोखरा । पोखरा महानगरपालिका-१० रामघाटमा निर्माण गरिएको भगवान् लक्ष्मीनारायण मन्दिर १८औं वर्षमा प्रवेश गरेको छ ।

मन्दिरको वार्षिकोत्सव अवसरमा विविध कार्यक्रम गरिएको परम पुजनीय गुरु नरनारायण बाबा आश्रम सेवा संस्थाका महासचिव शिवप्रसाद गौतमले बताए ।

उनका अनुसार भक्तजनहरुको उल्लेख्य उपस्थितमा ७ जना ब्राह्मणहरुबाट शिवपूजन, रुद्री, सत्यनारायण पूजा, वेदपाठ, गीतापाठ, हवन, लक्ष्यवर्ती, लाखबत्तीसहित पूजा गरिएको हो ।

पूजामा ब्राह्मणहरु रामचन्द्र पौडेल, लीलाधर पौडेल, केदार लम्साल, डिल्लीराम पोखरेल, इन्द्र सुवेदी, हरि घिमिरे र विवेक बराल थिए ।

नरनारायण बाबाको अनुकम्पा र गुरु भक्तहरुको सदीक्षाबाट पोखरा-१० तत्कालीन वैरागीवन (हाल शान्ति वन बाटिका), रामघाटमा मन्दिर स्थापना गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button