आज लाभ बेलाबाट दिन शुरुआत, श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८१ मंसिर ५ गते बुधबार, इस्वीसंवत नभेम्बर २० तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षकृष्णपक्षको पञ्चमी तिथि रातिमा ८ः४९ बजेसम्म त्यसपछि षष्ठी तिथि लाग्नेछ । नक्षत्रमा पुनवर्सु रातिमा ७ः२४ मिनेटसम्म त्यसपछि तिष्य नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा शुभ २६ घटि १४ पलासम्म त्यसपछि ब्रह्म योग रहनेछ । करणमा कौलव रहनेछ । आनन्दादि योगमा गद रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान २६ घटि ३५ पला अर्थात १० घण्टा ४१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः३० बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ९ः२६ बजे र अस्ताउने समय भोलि बिहानमा १०ः५५ बजे रहेको छ । आज विश्व बाल दिवस रहेको छ ।

आजको राशिफल

मेष : आज अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

वृष : आज छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ ।

मिथुन : आज प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ । धर्मकर्म तथा सेवामूलक काममा समय बित्नेछ ।

कर्कट : आज दिन रमाइलो छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । समग्रमा समय शुभ छ ।

सिंह : आज प्राकृतिक स्रोत तथा साधनको कारोबारबाट मनग्गे आम्दानी हुनेछ । आम्दानिका स्रोत फराकिला हुनेछन् । दाजुभाई तथा आफन्तबाट भनेजस्ते सहयोग प्राप्त हुनाले काम गर्न थप सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने देखिन्छ ।

कन्या : आज समय मध्यम खालको नै छ । महत्वपुर्ण जिम्मेवारी सम्पादनको गर्ने जिम्मा तपाईको काधमा आउनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सांगीतिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

तुला : आज माईती तथा चेलिबिचको सम्बन्ध बिग्रन सक्छ ध्यान दिनुहोला । स्वास्थ्यसम्बन्धी समस्या आउने हुनाले खानपानमा ध्यान दिनुहोला । बिलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला, समय भरपर्दो रहेको छैन । आज दक्षिण दिशाको यात्रा पनि गर्नुहोला ।

वृश्चिक : आज आत्मीय साथी तथा आफन्तसँग मनमुटाव बढ्नेछ । आमासँग विवाद बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा पशुपालन व्यावसायमा समस्या आउने देखिन्छ । प्रतिस्पर्धीहरुले काममा अवरोध पुर्याउन सक्छन्, ध्यान दिनुहोला ।

धनु : आज दाजुभाई तथा छिमेकीबाट तपाईले गर्नुभएको कामको उच्च मूल्याङ्कन हुनेछ । व्यापार व्यावसायमा भनेजस्तै नाफा कमाउन सकिनेछ । छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय हुनेछ । साथीको सहयोगले मन प्रशन्न रहनेछ ।

मकर : आज स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यावसायमा प्रशस्त नाफा कमाउन सकिने हुनाले दैनिकी फेरिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि दिनले साथ दिईने हुनाले आफूले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउदा मन प्रशन्न हुनेछ ।

कुम्भ : आज समय खराब रहनेछ । नचाहँदा नचाहँदै नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ । कुनै मन बिझाउने घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिए पनि आम्दानी न्युन हुनेछ । दैनिक आवश्यकता टार्न मुस्किल पर्नेछ ।

मीन : आज समय राम्रो छैन । तपाइँको खुट्टा तान्ने सक्रिय हुनेछन् । जागीरबाट नताव उत्पन्न हुने देखिन्छ । आर्थिक अवस्था कमजोर रहनेछ । आज यात्रा नगर्दा राम्रो हुनेछ । परिवारमा पनि झगडा पर्न सक्ने देखिन्छ, त्यसबाट तपाइँ परै बस्नुहोला ।

साइत : सूर्य वृश्चिक राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले आज पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः२८ बजेदेखि ७ः४८ बजेसम्म लाभ बेला
बिहान ७ः४८ बजेदेखि ९ः०८ बजेसम्म अमृत बेला
बिहान ९ः०८ बजेदेखि १०ः२९ बजेसम्म काल बेला
बिहान १०ः२९ बजेदेखि ११ः४९ बजेसम्म शुभ बेला
बिहानमा ११ः४९ बजेदेखि १ः०९ बजेसम्म रोग बेला
दिनमा १ः०९ बजेदेखि २ः२९ बजेसम्म उद्धेग बेला
दिनमा २ः२९ बजेदेखि ३ः४९ बजेसम्म चर बेला
दिनमा ३ः४९ बजेदेखि ५ः०९ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः०९ बजेदेखि ६ः४९ बजेसम्म अमृत बेला
साँझ ६ः४९ बजेदेखि ८ः२९ बजेसम्म काल बेला
राति ८ः२९ बजेदेखि १०ः०९ बजेसम्म शुभ बेला
राति १०ः०९ बजेदेखि ११ः४९ बजेसम्म रोग बेला
राति ११ः४९ बजेदेखि १ः२९ बजेसम्म उद्धेग बेला
राति १ः२९ बजेदेखि ३ः०९ बजेसम्म चर बेला
रातिमा ३ः०९ बजेदेखि ४ः४९ बजेसम्म लाभ बेला
रातिमा ४ः४९ बजेदेखि ६ः२९ बजेसम्म अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button