२०८१ पुस ३ गते बुधबार : आज तपाईंको राशिफल कस्तो होला ?

  • पोखरा न्यूज
  • २०८१ पौष ३
२०८१ पुस ३ गते बुधबार : आज तपाईंको राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८१ पुस ३ गते बुधबार, इस्वीसंवत डिसेम्बर १८ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको तृतीया तिथि दिनमा १२ः०५ बजेसम्म त्यसपछि चतुर्थी तिथि लाग्नेछ । नक्षत्रमा तिष्य रातिमा ३ः३७ बजेसम्म त्यसपछि अश्लेषा लाग्नेछ । विष्कुम्भादि योगमा ऐन्द्र ३९ घटि २९ पलासम्म त्यसपछि वैधृति योग रहनेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा मातंग रहनेछ । सूर्य धनु राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान २५ घटि ५० पला अर्थात १० घण्टा २३ मिनेटको रहनेछ ।

आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५० बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय साँझमा ८ः१० बजे र अस्ताउने समय भोलि बिहानमा ९ः३० बजे रहेको छ । आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस रहेको छ ।

आजको राशिफल

मेष : आज समय मध्यम रहनेछ । व्यापार व्यावसायमा लगानि गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादीहरू हावी हुनाले काम समयमा सम्पन्न हुँदैनन् ।

वृष : आज समय शुभ छ । व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोत बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित वस्तु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग आज भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

मिथुन : आज समय त्यत्ति शुभ छैन । आत्मीय मित्रका सहयोग नपाउँदा थालेका काम बिचमा छोड्नुपर्ने हुन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानी नहुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ ।

कर्कट : आज मय निकै महत्वपूर्ण छ । आफन्त तथ मावली पक्षको सहयोग पाईने हुनाले काम गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिस्पर्धीलाई हराउदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेकोछ भने थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ ।

सिंह : आज समय खराब छ । विवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला नतिजा राम्रो आउने छैन । व्यापार व्यावसायमा गरिएको लगानीबाट नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न बढी नै समय दिनुपर्ने देखिन्छ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ ।

कन्या : आज समय राम्रै छ । विभिन्न अवसर आउने देखिन्छ । पढाई लेखाईमा सोचे जस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरु प्रशन्न हुनेछन् । छोटो तथा रमाईलो यात्राको अधिक सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुनाले घर परिवारमा खुशियाली छाउनेछ ।

तुला : आज समय मध्यम खालको छ । दाजुभाई तथा छिमेकीसँग रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुन सक्छ । अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ, ध्यान दिनुहोला ।

वृश्चिक : आज समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ । मान सम्मान तथा प्रतिष्ठामा कमिको महसुस हुनेछ । आम्दानी गर्न मुस्किल पर्नेछ ।

धनु : आज समय राम्रो छैन । विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । यात्रामा सतर्क हुनुहोला ।

मकर : आज स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउनेछ । भौतिक वस्तुबाट लाभ पाइनेछ ।

कुम्भ : आज दिन तथा समय राम्रो छ । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिने हुदा सानो प्रयत्नले कामहरु बन्नेछन् । आज नयाँ काम पाउने योग रहेको छ ।

मीन : आज समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद हुन सक्छ । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

साइत : सूर्य धनु राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले आज पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, दक्षिण र पूर्वतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः४७ बजेदेखि ८ः०५ बजेसम्म लाभ बेला
बिहान ८ः०५ बजेदेखि ९ः२३ बजेसम्म अमृत बेला
बिहान ९ः२३ बजेदेखि १०ः४१ बजेसम्म काल बेला
बिहान १०ः४१ बजेदेखि ११ः५९ बजेसम्म शुभ बेला
बिहानमा ११ः५९ बजेदेखि १ः१७ बजेसम्म रोग बेला
दिनमा १ः१७ बजेदेखि २ः३५ बजेसम्म उद्धेग बेला
दिनमा २ः३५ बजेदेखि ३ः५३ बजेसम्म चर बेला
दिनमा ३ः५३ बजेदेखि ५ः११ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः११ बजेदेखि ६ः५३ बजेसम्म अमृत बेला
साँझ ६ः५३ बजेदेखि ८ः३५ बजेसम्म काल बेला
राति ८ः३५ बजेदेखि १०ः१७ बजेसम्म शुभ बेला
राति १०ः१७ बजेदेखि ११ः५९ बजेसम्म रोग बेला
राति ११ः५९ बजेदेखि १ः४१ बजेसम्म उद्धेग बेला
राति १ः४१ बजेदेखि ३ः२३ बजेसम्म चर बेला
रातिमा ३ः२३ बजेदेखि ०५ः०५ बजेसम्म लाभ बेला
रातिमा ०५ः०५ बजेदेखि ६ः४७ बजेसम्म अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस