आज एकै दिनमा काल र शुभ बेला परेको छ, सूर्यदेवको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८१ पुस ७ गते आइतबार, इस्वीसंवत डिसेम्बर २२ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको सप्तमी तिथि दिनमा ३ः५३ बजेसम्म त्यसपछि अष्टमी तिथि लाग्नेछ । नक्षत्रमा उत्तरफाल्गुनी बिहानमा ८ः०३ त्यसपछि हस्ता नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा आयुष्मान ३५ घटि २८ पलासम्म त्यसपछि सौभाग्य लाग्नेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा छत्र रहनेछ ।

सूर्य धनु राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २५ घटि ५० पला अर्थात १० घण्टा २३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५२ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१२ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ११ः५५ बजे र अस्ताउने समय भोलि बिहानमा ११ः४२ बजे रहेको छ । आज रवि सप्तमी व्रत गर्ने दिन रहेको छ ।

आजको राशिफल

मेष : आज मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ ।

वृष : आज पनि समय खराब छ । चिताएको काम रोकिन सक्छ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । यसअघिको सफलताले भने मनमा हौसला जगाउनेछ ।

मिथुन : आज समय शुभ छ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।

कर्कट : आज समय शुभ छैन । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । कामको समय तालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन् ।

सिंह : आज समय राम्रो छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ ।

कन्या : आज समय भरपर्दो रहनेछैन । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्नेछ, सतर्क हुनुहोला ।

तुला : आज समय शुभ छ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ योग देखिन्छ ।

वृश्चिक : आज समय मध्ययम छ, कुनै व्यापार व्यावसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने काम अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला ।

धनु : आज समय शुभ छैन । हतारको निर्णयले काम बिग्रनेछ । महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउलान् । सामान्य कामका लागि धेरै दौडधूप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपपर्नेछ ।

मकर : आज समय भरपर्दो रहनेछैन । ईष्या गर्नेले सताउनेछन् । घुमफिर तथा मनोरञ्जनको समय छ तर लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ने देखिन्छ । सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ ।

कुम्भ : आज समय शुभ छ । व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइनेछ ।

मीन : आज समय राम्रो छैन । सोचेका काममा बिलम्ब हुनेछ । पारिवारिक समस्यामा ध्यान दिनुपर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । व्यावसायिक काममा समय दिन सकिंदैन ।

साइत : सूर्य धनु राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले आज पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः४७ बजेदेखि ८ः०५ बजेसम्म उद्धेग बेला
बिहान ८ः०५ बजेदेखि ९ः२३ बजेसम्म चर बेला
बिहान ९ः२३ बजेदेखि १०ः४१ बजेसम्म लाभ बेला
बिहान १०ः४१ बजेदेखि ११ः५९ बजेसम्म अमृत बेला
बिहानमा ११ः५९ बजेदेखि १ः१७ बजेसम्म काल बेला
दिनमा १ः१७ बजेदेखि २ः३५ बजेसम्म शुभ बेला
दिनमा २ः३५ बजेदेखि ३ः५३ बजेसम्म रोग बेला
दिनमा ३ः५३ बजेदेखि ५ः११ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः११ बजेदेखि ६ः५३ बजेसम्म चर बेला
साँझ ६ः५३ बजेदेखि ८ः३५ बजेसम्म लाभ बेला
राति ८ः३५ बजेदेखि १०ः१७ बजेसम्म अमृत बेला
राति १०ः१७ बजेदेखि ११ः५९ बजेसम्म काल बेला
राति ११ः५९ बजेदेखि १ः४१ बजेसम्म शुभ बेला
राति १ः४१ बजेदेखि ३ः२३ बजेसम्म रोग बेला
रातिमा ३ः२३ बजेदेखि ०५ः०५ बजेसम्म लाभ बेला
रातिमा ०५ः०५ बजेदेखि ६ः४७ बजेसम्म अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button