आजको पञ्चाङ्ग
मिति २०८१ पुस १९ गते शुक्रबार, इस्वीसंवत जनवरी ३ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको चतुर्थी तिथि रातिमा १२ः५० बजेसम्म त्यसपछि पञ्चमी तिथि लाग्नेछ । नक्षत्रमा धनिष्ठा रातिमा ११ः५९ त्यसपछि शतभिषा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वरियान १९ घटि १३ पलासम्म त्यसपछि सिद्धि लाग्नेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा धाता रहनेछ ।
सूर्य धनु राशिमा, चन्द्रमा मकर राशिमा अहोरात्र रहनेछ । आज दिनमान २५ घटि ५७ पला अर्थात १० घण्टा २६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५७ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः२० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ९ः३५ बजे र अस्ताउने समय रातिमा ८ः५० बजे रहेको छ ।
आजको राशिफल
मेष : आज तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्ना कमी कमजोरी कुन भइरहेका छन् त्यसमा विचार पुर्याउनु, बेलैमा होस पुर्याउन जरुरी छ, आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।
वृष : आज मानसिक चोट पर्ने कुरा कसैले गर्न सक्छ, अपमानित हुने ठाउँमा नजानु नै बेस, तपाईंको काम विगार्नेतर्फ आफन्त, नजिकका नाता समेत लागि पर्ने छन्, आज खर्च सोचेभन्दा ज्यादा हुनेछ, मनमा तनाव, कुनै पनि काम छिटो–छिटो गर्छुभन्दा झन् ढिलो हुन जानेछ ।
मिथुन : आज नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार व्यवसाय पेसामा संलग्न व्यक्तिलाई नोक्सान दिनेवाला रहेको छ, आकस्मिक चोर अथवा बद्मास व्यक्तिबाट आक्रमणमा पर्न सकिने सम्भावना पनि त्यत्तिकै छ, एक्लै यात्रामा जानु ठीक छैन ।
कर्कट : आज घरमा कुनै धार्मिक कार्य, व्रत, पर्वको उत्सव मनाइने सम्भावना समेत रहेको छ, प्रेम सम्बन्ध बढ्न सक्ने अवस्था पनि आइपर्ला जस्तो छ । तपाइँ मनोरञ्जनपूर्ण कार्यमा सहभागी हुन सक्ने अवस्था रहेको छ, समग्रमा आज समय शुभ रहेकाले उपयोग गरेमा लाभ मिल्नेछ, धार्मिक यात्रा पनि सफल हुनेछ ।
सिंह : आज पनि स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता मिल्ने काममा लगानी गरिनेछ । आम्दानीका नयाँ स्रोत बढ्दै जानेछन्, जुन काम गर्ने विचार गर्नु भएको छ, सक्दो छिटो गर्नुहोस् सजिलैसँग पूरा हुनेछन् । आफ्नो बोली वचनको प्रभावले धेरै दिनदेखि रोकिएका काम बन्नेछन् ।
कन्या : आज आफन्त व्यक्तिले काम विगारीदिने सम्भावना बलियो रहेको छ । मानसिक चञ्चलता, कार्यक्रममा विघ्नबाधा, पेट अथवा कम्मर दुख्ने, वायू रोग, शूल, मन परेको खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार सुन्नुपर्नेछ । हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर लाग्नु उचित हुनेछ।
तुला : आज यात्रा, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।
वृश्चिक : आज व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । थान कपडाको दोकान, किराना, मट्टितेल, डिजल, कुनै पनि तरल पदार्थको पेशा गर्ने व्यक्तिलाई पनि पूर्ण सफलता र लाभको रहेको छ । बोली वचनले नयाँनयाँ मित्र बढ्दै जानेछन् । जे काम गर्नुछ सुखैका साथ सम्पन्न हुनेछन् ।
धनु : आज एक्कासि स्वास्थ्यले धोका दिन सक्नेछ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुन सक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । खासगरी आज पश्चिम दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
मकर : आज मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ ।
कुम्भ : आज पेटको खरावी बढ्नेछ । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीनसम्बन्धी कार्यमा विवाद पर्न सक्ने देखिन्छ, पशु चौपाय तथा कृषिसम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन्, अत्यन्तै सतर्क हुनुहोला।
मीन : आज नवीन कार्यको विचार विमर्श, आर्थिक तथा शारीरिक स्थिति राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ, भरपूर उपयोग गर्नुहोला ।
साहितः सूर्य धनु राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले आज दक्षिण र पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः५३ बजेदेखि ८ः११ बजेसम्म चर बेला
बिहान ८ः११ बजेदेखि ९ः२९ बजेसम्म लाभ बेला
बिहान ९ः२९ बजेदेखि १०ः४७ बजेसम्म अमृत बेला
बिहान १०ः४७ बजेदेखि १२ः०५ बजेसम्म काल बेला
दिनमा १२ः०५ बजेदेखि १ः२३ बजेसम्म शुभ बेला
दिनमा १ः२३ बजेदेखि २ः४१ बजेसम्म रोग बेला
दिनमा २ः४१ बजेदेखि ३ः५९ बजेसम्म उद्धेग बेला
दिनमा ३ः५९ बजेदेखि ५ः१७ बजेसम्म चर बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः१७ बजेदेखि ६ः५९ बजेसम्म लाभ बेला
साँझ ६ः५९ बजेदेखि ८ः४१ बजेसम्म अमृत बेला
राति ८ः४१ बजेदेखि १०ः२३ बजेसम्म काल बेला
राति १०ः२३ बजेदेखि १२ः०५ बजेसम्म शुभ बेला
राति १२ः०५ बजेदेखि १ः४७ बजेसम्म रोग बेला
राति १ः४७ बजेदेखि ३ः२९ बजेसम्म उद्धेग बेला
रातिमा ३ः२९ बजेदेखि ०५ः११ बजेसम्म चर बेला
रातिमा ०५ः११ बजेदेखि ६ः५३ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।
नोट : बिहानमा १०ः३० देखि दिनमा १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।