काठमाडौँ जिल्ला अदालत पुगे रवि लामिछाने

पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज बिहानै काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।
काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा उनी अदालतमा उपस्थित भएका हुन् ।

उनी पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा बिहीबार धरौटीमा रिहा भएका थिए । लामिछाने ६५ लाख धरौटी बुझाएर कास्कीबाट रिहा भएका हुन् ।

लामिछाने शुक्रबार नै अदालतमा उपस्थित हुन भनिएको थियो तर पोखराबाट काठमाडौँ जाँदा ढिलाई भएपछि आज मात्र अदालतमा उपस्थित भएका हुन् ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button