महावीर पुनले पोखरामा पुस्तक बिक्री अभियानलाई दिए निरन्तरता

५० रुँपैया र १०० रुपैयाँको नोट भुईंमा फिजाएर सर्वसाधारणलाई निमन्त्रणा

पोखरा। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले पोखरामा आफ्नो पुस्तक बिक्री अभियानलाई निरन्तरता दिएका छन्। शपथ ग्रहणको मिति टुंगो नलागेको भन्दै पुनले पुस्तक बिक्री अभियानलाई निरन्तरता दिएका हुन्।

हालसम्म शपथ ग्रहण हुने टुंगो नलागेको उल्लेख गर्दै निर्वाचन सकिएपछि म्याग्दी जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर जनप्रतिनिधि र गाउँलेहरूसँग विकास र बजेटसम्बन्धी प्रारम्भिक छलफल गरिसकेको उनले बताएका छन्।

उनले पोखराका मेयर धनराज आचार्यलाई व्यंग्यात्मक शैलीमा “अब के गरेर बस्ने त नि मेयर साहेब?” भन्दै आफ्नो अभियानलाई निरन्तरता दिनु परेको संकेत गरेका छन्।

आज बिहान १० बजेदेखि पोखराको नदीपुरस्थित बालमन्दिर नजिकै सिंगापुर क्याफेको छेउमा ५० रुँपैया र १०० रुपैयाँको नोट भुईंमा फिजाएर पुनले आफ्नो आत्मकथात्मक पुस्तक किन्नको लागि सर्वसाधारणलाई निमन्त्रणा गरेका छन् ।

पुनले आफ्नो पुस्तक बिक्रीबाट उठेको रकमले विरगन्जको कृषि औचार कारखाना संचालन गर्ने बताएका छन्।

यसअघि पोखराका मेयर आचार्यले फुटपाथको नियम सबैलाई लाग्ने भन्दै पुनलाई नियमसंगत पुस्तक विक्री गर्न सुझाएका थिए । प्रतिनिधिसभा सदस्य  निर्वाचित भएपछि पनि पुस्तक बिक्री गर्दै हिडेको भन्दै पुनको आलोचना समेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button