पोखरामा ठूलो मात्रामा लागूऔषध बरामद, १९ वर्षीय युवक पक्राउ

पोखरा । कास्की प्रहरीले ठूलो मात्रामा लागूऔषध र नगदसहित एक युवकलाई पक्राउ गरेको छ ।

पोखरा २९ सैनिक बस्ति बस्ने १९ वर्षीय आयुष तामाङ दुइ हजार ४३२ एम्पुल लागूऔषध र ९३ हजार५०० नगदसहित पक्राउ परेका हुन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्रकार भेटघाट कार्यक्रम गरेर प्रहरीले बरामद लागूऔषधसहित कारोबारीलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको प्रहरी टोलीले आयुषलाई एक हजार ७२१ एम्पुल डाइजापाम, ३३४ एम्पुल फेनेरागन र  ३७७ एम्पुल ब्रुफिनोफिनसहित बुधबार साँझ साढे ५ बजे  नियन्त्रमा लिएको थियो ।

पक्राउ परेका आयुषलाई लागूऔषध मुद्दामा कास्की अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button