
पोखरा । पोखरा महानगरपालिका–१७ ड्यामसाइड क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्।
शनिबार ७ गते साँझ करिब ७:३० बजे जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले घटनास्थलबाट नगद रू. ३ लाख ४६ हजार ९६५ र १० बुक ताससमेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको कसूर अन्तर्गत ‘जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने’ मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।





