
पोखरा । कास्की प्रहरीले पोखरामा चर्को हर्न बजाउने सवारीका चालकलाई कारवाही गरेको छ ।
अनावश्यक रुपमा प्रेशर हर्न जडान गरेका सवारीका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कार्यालयका अनुसार चर्को हर्न बजाएर ध्वनी प्रदुषण गरेको गुनासोको आधारमा गरिएको चेकजाँचका क्रममा फेला परेका प्रेशर हर्न जडित सवारीलाई नियन्त्रण लिई चालकलाई नै हर्न निकाल्न लगाइएको हो । उनीहरुलाई आगामी दिनमा गल्ति नदोहोर्याउन चेतावनी दिएर छाडिएको प्रहरीले उल्लेख गरेको छ ।
प्रहरीले चर्को आवाज निकाल्ने प्रेशर हर्न जडान नगर्न र नबजाउन सम्पूर्ण सवारी चालकहरुलाई अनुरोध समेत गरेको छ ।





