
काठमाडौं । नेपालका गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत “३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ” भन्ने अभिव्यक्ति दिएका छन् ।
आइतबार बिहान एक स्टाटसमार्फत उनले विगतका सुरक्षासम्बन्धी नीतिहरू, अभ्यास र राजनीतिक हस्तक्षेप प्रति असन्तुष्टि जनाउँदै सुरक्षा निकायलाई लामो समयसम्म नियन्त्रणमा राखिएको संकेत गरेका छन्।
उनले अभिव्यक्ति मार्फत देशको पूर्व राजनीतिक व्यवस्था वा नीतिगत अवस्थामा सुरक्षाकर्मीहरूको स्वतन्त्रता र भूमिका सीमित गरिएको आसय व्यक्त गरेका छन् ।





