
पोखरा न्यूज । सरकारले पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने सवारीसाधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने उद्देश्यले आवश्यक कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
हालको इन्धनमा निर्भर सवारी प्रणालीलाई क्रमशः विद्युतीयतर्फ रूपान्तरण गर्न नीति तथा कानुन निर्माण गर्ने तयारी सरकारले अघि बढाएको हो।
सरकारको यस निर्णयले इन्धन आयातमा निर्भरता कम गर्ने र वातावरणीय प्रदूषण घटाउने अपेक्षा गरिएको छ।
बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा आइतबार र शनिबार बिदा दिने लगायतका विभिन्न निर्णयहरू गरेको छ ।
त्यस्तै, आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।





