काठमाडौं। कतार एयरवेजबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या ६ पुगेको छ
चैत ४ गते कतारको दोहाबाट फ्लाइट क्युआर ६५२ मार्फत नेपाल आएका ती व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप एक व्यक्तिमा संक्रमण पुष्टी गरेका हुन् । संक्रमण पुष्टी हुनेमा बागलुङकी ६५ वर्षकी वृद्ध महिला रहेकी छन् ।
यस सँगै उक्त फ्लाइटबाट नेपाल आएका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा यस अघि दोस्रो काठमाडौं, तेस्रो धादिङ, चौथो धनगढी र पाँचौं बाग्लुङका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
नेपालका पहिलो कोरोना संक्रमित व्यक्ति उपचारपछि निको भइसकेका छन् ।