तिलु शर्मा पौडेल’ दोहा कतार l नेपालमा दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमण अत्यधिक रूपमा बढ्दै गएपछि नेपालीमाथि विभिन्न देशहरूले प्रवेशमा अस्थायी प्रतिबन्ध लगाउने क्रम बढी रहेको छ l
यसै क्रममा कुवेतले नेपाली नागरिकलाई अनिश्चित कालका लागि आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ l
कुवेतको नागरिक उड्डयन महानिर्देशनालयले अर्को सूचना जारी नभएसम्म नेपालसहित पाकिस्तान, बंगालदेश र श्रीलङ्काबाट हुने सिधा हवाई उडानलाई स्थगित गरेको हो।
यद्यपि यी देशबाट कम्तीमा १४ दिन बाहिर बसेर कुवेत प्रवेश गर्न चाहनेलाई भने निषेध गरिने छैन।
यी देशबाट हुने कार्गो उडान रोकिने छैनन्। यस अघि मलेसिया, बेलायत, सिंगापुर, जापान र युएईले नेपालीलाई प्रवेशका लागि अस्थायी प्रतिबन्ध लगाइसकेका छन् ।