पोखरा न्यूज । कोरोना भाइरसको संक्रमण भई पाेखरा र चितवनकाे अस्पतालमा उपचारकाे क्रममा थप ३ जनाकाे मृत्यु भएकाे छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयले दिएकाे जानकारी अनुसार संक्रामक तथा सरुवा राेग अस्पताल पाेखरामा पर्वतकाे माेदी ६ की ६९ वर्षीया महिलाकाे साेमबार उपचारकाे क्रममा मृत्यु भएकाे छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा पाेखरा १६ का ७८ वर्षीय पुरुषकाे साेमबार मृत्यु भएकाे छ ।
चितवन मेडिकल कलेजमा नवलपुरकाे देवचुली २ का ७० वर्षीय पुरुषकाे भदाै ८ गते मृत्यु भएकाे छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३१५ पुगेको छ ।