पोखरामा मोटरसाइकलमा झुण्डाएकाे झाेलाबाट पौने ८ लाख खसेर हरायाे !

पाेखरा न्यूज । पोखरामा एक जना युवाले मोटरसाइकलको लेगार्डमा झुण्डाएको सेतो प्लास्टिकको झोला खसेर पौने ८ लाख बराबरको रकम हराएको बताइएको छ । नगद रकम राखेकाे झाेला खसेको भनेर युवाले जिल्ला प्रहरी कार्यालय कास्कीमा जानकारी गराउनु भएकाे छ ।

सोमबार आज दिउसो अन्दाजी पौने १२ बजेको समयमा कास्कीको पोखरा ५ पर्स्याङ सिमाना मार्गबाट न्यूरोड नगरपालिकाको कार्यालयसम्म आउने क्रममा नगद रकम राखेकाे झाेला खसेको हो ।

बारा स्थायी घर भई हाल पोखरा १४ चाउथे बस्ने २८ वर्षीय हरिकृष्ण मैनाली (फाेन नं ९८४६६३७२६०) ले सेतो प्लास्टिकको झोलामा नगद सात लाख छयाहत्तर हजार राखी मोटरसाईकलको लेगगार्डमा झुण्याई हिडिरहेको अवस्थामा हराउनु भएको हो ।

मैनालीले रकम हराएको भनी जिल्ला प्रहरी कार्यालय कास्कीमा जानकारी गराउनु भएको जनाइएको छ । कोही कसैले फेला पार्नु भएमा नजिकको प्रहरी कार्यालयमा बुझाउनु हुन वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button