युरोपियन युनियनको सेफिटी लिस्टमा यसपटक पनि नेपालका वायुसेवा प्रदायकहरु कालोसूचीमै परेका छन् ।
जुन ७ मा प्रकाशित सूची अनुसार नेपालका सबै २० एयरलाइन्स तथा हेलिकप्टर कम्पनी कालोसूचीमा रहेका छन् । अब कम्तिमा ६ महिनासम्म नेपाली वायुसेवा कम्पनीहरुले युरोपेली आकाशमा उडान भर्न पाउनेछैनन् । नेपाली आकाश सुरक्षित रहेको विश्वास दिलाउन इयुका प्रतिनिधिले नेपालको अनसाइट भिजिट गर्ने भनिए पनि पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि उक्त भ्रमण रद्द भएको छ ।
नेपाल उड्ड्यन प्राधिकरणले इयुका प्रतिनिधिमो अनसाइट भिजिटका लागि प्रयास जारी राखेको छ । नेपालसँगै अफगानिस्तान, अङ्गोला, अर्मेनिया, कङ्गो, किर्गीस्तान, लिबिया, रसियालगायतका मुलुकमा विभिन्न विमानसेवालाई कालो सूचीमा राखिएको छ ।