पोखरा । स्याङ्जाको जंगलमा नवजात शिशु (छोरी) भेटिएको छ ।
आज दिउँसो ३ बजे चापाकोट नगरपालिका वडा नं. ९ बाटरा सामुदायिक जंगलमा बेवारिसे अवस्थामा शिशु भेटिएको स्याङ्जा प्रहरीले जनाएको छ ।
शिशु फेला परेको भन्ने खबर प्राप्त हुने बित्तिकै खटिएको प्रहरी टोलीद्वारा शिशुलाई जीवितै उद्दार गरिएको प्रहरी नायव निरीक्षक (डीएसपी) ईन्द्रबहादुर रानाले जानकारी दिए ।
उनका अनुसार शिशु नालसहितको भेटिएको हो ।
शिशुको थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज (जीएससी) पठाइएको डीएसपी रानाले जानकारी दिए ।
यसबारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।