शिवरात्रि दिनमै एक करोड ६४ लाख संकलन
पोखरा-
पर्यटनको पुर्वाधार निमार्ण गर्ने उद्धेश्यले पोखराकोे पुम्दीकोटमा जारी महाशिवपुराण एवं धार्मिक पर्यटन महोत्सव २०७३ को एघारौ दिनमा दानविर एवं सहयोगिदाता तथा भत्तजनहरुको अत्याधिक भिड भएको छ ।
शुक्रबार शिवरात्रि पर्व एवं सार्वजनिक विदा भएकोले गर्दा पनि भक्तजनहरु महायज्ञमा सहयोग सहित भगवान शिवलाई दुध चढाउन विहानै देखि वेलुकासम्म अत्याधिक भिड भएको पुम्दीकोट बिशाल महादेव मुर्ति निमार्ण उपभोक्ता एवं पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । उनका अनुसार महायज्ञमा सवै भन्दा धेरै दान पनि महायज्ञको एघारौं दिन सुक्रबार नै संकलन भएको छ । भक्तजन तथा महायज्ञमा आर्थिक सहयोग गर्नेहरुको अत्याधिक रुपमा सहभागि भएकोले एक दिन थप भएको उक्त महायज्ञ शनिबार समापन हुने बरालले जनाए ।
पुम्दीकोट पर्यटकीय दृष्टिले महत्वपुर्ण हुनुको साथै ऐतिहासिक तथा धार्मिक महत्व रहेको स्थानिय राजु क्षेत्रिले बताए । उक्त महोत्सव एवं महायज्ञको एघारौं दिनमा मात्र एक करोड ६४ लाख रुपैया भन्दा बढी आर्थिक संकलन भएको छ । महोत्सव एवं महायज्ञको एघारौं दिनमा उक्त रकम सहित हालसम्म ८ करोड ५७ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको महोत्सव एवं महायज्ञ आर्थिक संकलन उप–समितिका संयोजक डिल्लीराम बरालले बताए । महायज्ञमा हालसम्मकै सवै भन्दा बढी रकम दान गर्ने दानविरको रुपमा समितिका
अध्यक्ष एवं पोखरा पार्दीविरौटा निवासि चन्द्रकान्त बराल रहेका छन । उनले पटक, पटक गरी हालसम्म एक करोड १ लाख ११ हजार १ सय ८ रुपैया आर्थिक सहयोग गरेको आर्थिक संकलन उप–समितिका संयोजक बरालले बताए । उनले शुक्रबार थप २६ हजार महायज्ञमा थप्दै एक करोड दान गर्ने पहिलो दान विरको रुपमा हालसम्म स्थापित भएका छन ।
लुकुन्श्वाराका स्वर्गीय टिकाराम बरालको स्मृतिमा उनका नाती डम्मरराज बराल, विष्णु बराल सहित उनको परिवारजनबाट २५ लाख १ सय ५५ रुपैया महोत्सव एवं महायज्ञ आर्थिक सहयोग प्राप्त भएको छ । त्यसै गरी शिव शेना नेपालबाट २२ लाख २२ हजार २ सय २२ रुपैया महायज्ञमा प्राप्त भएको आर्थिक संकलन उप–समितिका संयोजक बरालले बताए ।
शुक्रबार महायज्ञमा दान गर्नेहरुमा धरापानी हाल पोखरा एयरपोर्टका नरहरी बरालबाट २ लाख २५ हजार, भरतपुर निवासी शिव प्रसाद पौडेलबाट २ लाख २५ हजार १ सय ५, उक्त महोत्सवका सहसंयोजक एवं पोखरा २५ तिलाहारका हिमलाल बरालबाट २ लाख २५ हजार १ सय १, चिउडिवारीका मित्रलाल बरालबाट २ लाख २५ हजार ५ सय २५, तारा भुजेलबाट २ लाख ८० हजार, कान्तिपुर भेग डिष्ट्रि व्युटर्सबाट २ लाख २५ हजार ५ सय ५५, सिरवानिका मुक्तिराम बरालबाट २ लाख २५ हजार ५ सय ५५, ठुलास्वाराका यदुनाथ बरालबाट २ लाख १० हजार, पोखरा लेकसाईडको बुमर्याङ रेष्टुरेण्टबाट २ लाख ५० हजार २ सय ५०, प्राप्त भएको बरालले जनाए ।
महायज्ञमा १६ रोपनी भन्दा बढी जग्गा समेत दान गरेका छन । जग्गा दान गर्नेहरुमा लौसिवटका खेमराज पौडेल परिवारबाट ३ रोपनी ५ आना, लौसिवटकै मुक्तिराम/शिवराम/डिल्लाराम पौडेल परिवारबाट ३ रोपनी २ आना, पुम्दीकै भुवानी प्रसाद बरालबाट २ रोपनी ८ आना, ठुलास्वाराका लक्ष्मी प्रसाद/भिमप्रसाद बरालबाट १ रोपनी, लुकुन्स्वाराका नरनाथ/छत्रनाथ बरालबाट १ रोपनी ३ आना, खाटस्वाराका मात्रीका बरालबाट १ रोपनी, वासपानीका तुलसी बरालबाट १३ आना, लुकुन्स्वाराका जिवनाथ/रामराजा बरालबाट २ रोपनी, लुकुन्स्वाराका चेतभत्त/नवराज बरालबाट १ रोपनी ८ आना, पुम्दीकोटका तुलसी बरालबाट १ रोपनी ६ आना, ठुलास्वाराका रामचन्द्र बरालबाट एक रोपनी ४ आना जग्गा दान गरे भने लगायतले जग्गा दान गरेका हुन। १६ रोपनी भन्दा बढी प्राप्त भएको जग्गा दानको मुल्य करीब डेढ करोड हुने प्रारम्भीक अनुमान गरीएको छ ।
महायज्ञमा जान आउनको लागि समितिले पोखराको पार्दीविरौटा (बरालफिड) देखि पुम्दीकोटसम्म निशुल्क वसको व्यबस्था मिलाएको यातयात व्याबस्थापन समितिका संयोजक गोपाल बरालले बताए । सुक्रबार ८ वटा माईक्रोवस संचालन गरेको उनले जनाए । एक लाख भन्दा बढी दान गर्नेहरु उक्त समितिको संस्थापक समितिमा आवद्ध हुने अधिकार हुने छ ।